Public Pana
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघले आक्रमण गर्दा चितवनमा आज शुक्रबार एकजनाको निधन भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीकाअनुसार राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेलको बाघले आक्रमण गर्दा ज्यान गएको हो ।


घाँस काट्नका लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगिताल गएका पौडेललाई बिहान पौने १० बजे तिर बाघले आक्रमण गरेको चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए ।


चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनी हुँदै आएको हो ।

यो आर्थिक वर्षको साउनयता हालसम्म बाघले आक्रमण गर्दा चितवन निकुञ्ज आसपासमा तीनजनाको निधन भइसकेको निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update