Public Pana
हमासको नियन्त्रणबाट’ विपिन जोशीलाई मुक्त गराउन ‘पहल जारी’
फाइल तस्बिर

गाजामा इजरेल र हमासबीच चार दिनका लागि सङ्घर्षविराम सुरु गर्न सहमति भएपछि अक्टोबर ७ मा हमास लडाकु समूहले इजरेलबाट बन्धक बनाएर लगेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे नेपालमा व्यापक चासो व्यक्त भइरहेको छ ।


जोशीको परिवारका सदस्यहरूले निरन्तर उनको मुक्तिका लागि आवश्यक पहल गरिदिन नेपाल सरकार र सरोकारवालाहरूलाई आग्रह गर्दै आएका छन्। सरकारी तथा कूटनीतिक अधिकारीहरूले पनि त्यसका लागि पहल जारी राखिएको बताएका छन् ।


सरकारी अधिकारीहरूका अनुसार नेपाल सरकारले इजरेल र हमासबीच लडाइँ रोक्ने र बन्धक मुक्त गर्ने सहमतिअनुसार विपिन जोशीलाई पनि छुटाउन नेपालले आवश्यक कूटनीतिक पहल जारी राखेको छ ।


हिजो बिहीवार परराष्ट्रमन्त्री एनपी साउदले नेपालस्थित इजरेली राजदूतलाई मन्त्रालयमा बोलाएर त्यस्तो आग्रह गरेको जानकाी उनको सचिवालयले दिएको छ ।


परराष्ट्रमन्त्रीले आज शुक्रवार नेपाल भ्रमणमा रहेका कतारी विदेश राज्यमन्त्रीलाई पनि त्यस्तै आग्रह गरेको साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।


साउदकै निमन्त्रणामा कतारी विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुराइखी अहिले नेपाल भ्रमणमा छन् । इजरेल र हमासबीच सहमति गराउन कतारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

404228244_1065033314685790_7620298866198532695_n-17008124351700812926.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update