Public Pana
इजरेल–हमास युद्धमा सङ्घर्षविराम, आज गाजाबाट ५० बन्धक मुक्त हुने

इजरेल र हमासबीचको युद्धमा सङ्घर्षविरामको अवधि आरम्भ भएको छ ।

स्थानीय समयानुसार बिहान ७ बजे उक्त अस्थायी सङ्घर्षविराम सुरु भएपछि आज अपराह्ण ४ बजे हमासले बन्धक बनाएर राखेकाहरूमध्ये १३ जनालाई मुक्त गरिने कतारी मध्यस्थकर्ताहरूले बताएका छन् ।


इजरेल र हमासबीच भएको सहमतिअन्तर्गत चार दिनको सङ्घर्षविरामको अवधिमा हमासले गाजाबाट ५० जना बन्धकहरूलाई मुक्त गर्ने छ भने इजरेलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ ।


आज शुक्रवार मुक्त हुने भनिएकाहरू सबै नै महिला तथा बालबालिका हुने बताइएको छ ।


उनीहरूको नाम सार्वजनिक गरिएको छैन । तर उनीहरूलाई अन्तर्राष्ट्रिय परोपकारी संस्था रेड क्रसको जिम्मा लगाइने बताइएको छ ।


बिहान सङ्घर्षविराम सुरु हुनुभन्दा केही घण्टाअघि गाजामा भीषण लडाइँ भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update