Public Pana
प्रसाईं समूहका प्रदर्शनकारीसँगै तीनकुने बाटोमा हिँडिरहेकालाई पनि समाउन थाल्यो प्रहरीले 

दुर्गा प्रसाईंको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् । 


आज ११ बजेदेखि काठमाडौँ तीनकुनेमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडकमा हिँडिरहेकाहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


प्रहरीकाअनुसार शान्ति सुरक्षामा खलल पुर्याउने उदेश्यले आन्दोलन गर्न लागेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । 


जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा प्रसाईं समूहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।

pra--11700809420.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update