Public Pana
सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जाने दुर्गा प्रसाईको उद्घोष
फाइल तस्बिर

दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् । 


हिजो विहिबारदेखि ‘व्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले दुखित चेलिबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।


‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जान्छु,’ प्रसाईंले भने, ‘अब उनीहरूले उहाँहरूको जिम्मा लिनुपर्नेछ ।’ 
उनले काठमाडौँ, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनुपर्ने उनले बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update