Public Pana
तिनकुने पहिला अनुमति दिएर अन्तिममा सिडिओले प्रतिबन्ध लगाएको दुर्गा प्रसाईंको आरोप
फाइल तस्बिर

दुर्गा प्रसाईंले कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् ।

भक्तपुरस्थित निवासमा आज पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन्

‘म लहानमा हुँदा काठमाडौँको सिडिओ साहेबले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनुभयो, भोलिदेखि तीनकुनेमा गर्छौँ भनेपछि हुन्छ भन्नु भएको थियो, मैले पनिहुन्छ भनेको थिएँ,’ प्रसाईंले भने ।

उनका अनुसार काठमाडौँका प्रमुख जिल्ला अधिकारीले पुर्वसहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update