Public Pana
एनएसएल आजदेखि दशरथ रगंशालामा सुरु हुँदै 

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुदैैछ। एनएसएलको उद्घाटन खेलमा गत सिजनको च्याम्पियन काठमाडौँ रेजर्स र नवप्रवेशी स्र्पोटिङ इलाम एफसी भिड्दैछन् । 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। खेलअघि मनोरञ्जनात्मक प्रस्तुति हुने आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ। मनोरञ्जनात्मक प्रस्तुती भने साँझ ४ बजेपछि सुरु हुनेछ । 

यो पटक गत सिजनका ६ सहित ९ टोलीले एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् । 

पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्ससहित तिन नयाँ झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलाम गरि ९ टोलीले दोस्रो संस्करणमा स्पर्धा गर्नेछन् । 

एनएसएल मङ्सिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update