Public Pana
नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा

शेयर बजार आज बिहीवार पनि बढेको छ । हिजो बुधवार २० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, माइक्रोफाइनान्स र अन्यबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै नबिल बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ४४ लाख २० हजार कित्ता शेयर एक अर्ब ३४ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update