Public Pana
गाजा युद्धविरामको स्वागत गर्दै नेपालद्धारा विपिन जोशीको तत्काल रिहाइ गर्न आग्रह

सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।

मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर स्वागत गरेको हो ।

कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ। सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ ।

इजरायल र हमासबीच युद्ध विरामको सहमति भएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update