Public Pana
प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरू दोषी ठहर, सहयोगी ओझाले पाए सफाइ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्नेहरूलाई २÷२ वर्षको कैद सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको इजलासले बिहीवार कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो ।

२०७७ कात्तिक २० गते काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा उनीहरूलाई दोषी ठहर गरेको हो ।

मध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरू रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक चलाउनेलाई उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५५३ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।साथै प्रतिवादीहरुलाई जनही २० हजार रुपैयाँ जरिवानाको फैसलासमेत भएको छ । 

घटनामा सहयोगी रहेका भनिएका दीपकराजले ओझालाई भने अदालतले सफाइ दिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update