Public Pana
दुर्गा प्रसाईं  चेतावनी  भोलिदेखि काठमाडौं बन्द हुन्छ

काठमाडाै-व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए ।  बल्खुमा प्रहरीसँग भएको झडपमा आठ÷नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । 

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए ।

“हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्,” प्रसाईंले भने, “अब भोलिदेखि काठमाडौं बन्द हुन्छ । आज नै केही मात्रमा मात्र खुलेको हो ।”

 

उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे । प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update