Public Pana
राष्ट्रिय सभा निर्वाचन  माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन  माघ ११ गते गर्न सरकारलाई प्रस्ताव गरेको छ । 

माघ ११ गते निर्वाचन गर्ने गरी मिति तोक्न बिहिवार सरकारलाई सिफारिस गरेिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। 

निर्वाचको प्रस्तावित मिति लिएर आयोगका पदाधिकारीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु सँग छलफल गरेका छन्। प्रधानमन्त्री दाहाले आयोगले प्रस्ताव गरेकै मितिमा राष्ट्रियसभा निर्वाचन गर्ने  गरि मन्त्रिपरिषदबाट निर्णय गर्ने आश्वासन दिनुभएको प्रवक्ता पौडेलले बताउनुभयो । 
फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update