Public Pana
अघोषित बन्द, काठमाडौं उपत्यका

दुई समूहले राजधानीमा गर्ने भनिएको प्रदर्शनको प्रभाव विद्यालय र सडकमा देखिएको छ ।

अहिले राजधानीका अधिकांश विद्यालय बन्द छन् । यद्यपि विद्यालयहरूले भने हरि बोधिनी एकादशीको लागि बिदा दिइएको बताएका छन् ।

अहिले सडक पनि सुनसान जस्तै देखिएका छन् । ट्राफिक प्रहरीले अत्यावश्यक काम बाहेक सवारी लिएर बाहिर ननिस्किन आग्रह पनि गरेको छ ।

एमाले निकट युवा संघले तीनकुने र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बल्खुमा कार्यक्रम राखेका छन् ।

काठमाडौं र ललितपुर प्रशासनले अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेको छ । उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update