Public Pana
आज मकवानपुरको चित्लाङमा ४.५ म्याग्निच्युडको  भुकम्प

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर आज बिहीबार बिहान भूकम्प गएको छ ।


राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो । 

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो । 
 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update