Public Pana
दुर्गा प्रसाइसँग भुषण दाहालले लिएको अन्तवार्ता कार्यक्रम ब्राबो डेल्टा सो  मालिकद्धारा रोक

अन्नपूर्ण मिडिया ग्रुपद्वारा सञ्चालित एपीवन एचडी टेलिभिजनले पत्रकार भुषण दाहालको कार्यक्रम प्रसारणमा रोक लगाएको छ ।  

भुषण दाहालले एपीवन एचडी टेलिभिजनमार्फत ब्राबो डेल्टा सो नामक टेलिभिजन अन्तर्वार्ता सञ्चालन गर्दै आएका थिए । कार्यक्रमको पछिल्लो श्रृङ्खलालाई व्यवस्थापनले प्रसारणमा रोक लगाएको हो । 

आज बुधबार पत्रकार दाहालले सामाजिक सञ्जाल एक्समार्फत व्यवस्थापन पक्षले कार्यक्रम हेर्दै नहेरी प्रसारणमा रोक लगाएको बताएका छन् । 

उनले भनेका छन्, “वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवनएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।“

व्यवस्थापनले दुर्गा प्रसाईसँगको अन्तर्वार्ता प्रसारणमा रोक लगाएपछि उनले सोही अन्तर्वार्ता साझाकथा नामक युट्युब च्यानल मार्फत प्रसारण गर्ने उद्घोष गरेका छन् । 

भोली मङ्सिर ७ गते बिहीबार दुर्गा प्रसाईले मानिसहरूलाई काठमाडौं उतार्दैछन् । प्रसाईको विरोधमा एमाले निकट युवा संगठनले पनि प्रदर्शनको घोषणा गरेको छ । 

bhusan1700666796.png

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update