Public Pana
नेपालको मौलिकतामा आँच आउने चलचित्र रोक्न कामपा मेयर बालेन्द्रको सेन्सर बोर्डलाई आग्रह - पत्र सहित
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चलचित्र सेन्सर बोर्डलाई नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन् ।

बुधबार महानगरले चारबुँदे माग र सुझावसहित केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पत्र काटेको हो ।

पञ्चशीलता सिद्धान्तरशान्ति प्रवर्धन, एकः राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन समेत पत्रमा उल्लेख छ ।

कुनै पनि धर्म, जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) प्रसारणमा रोक लगाउन समेत महानगरले अनुरोध गरेको छ । 

सेन्सर बोर्डको चलचित्र जाँच समितिको कार्यविधी २०७४ अनुसार महानगरले पत्र लेखेको हो । कार्यविधी अनुसार प्रतिवन्धित चलचित्रको दृश्य तथा संवाद सहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले कानुन बमोजिम आवश्यक कदम चाल्ने समेत चेतावनी दिएको छ ।

यसअघि भारतीय फिल्म ‘आदिपुरुष’ मा आपत्तिजनक शब्द राखेको भन्दै बालेन शाहले विरोध गरेका थिए ।

Ktm_1700651778.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update