Public Pana
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार फेरियो : निर्वाचन आयोग (सूचना सहित)

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार फेरिएको छ ।


निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको नयाँ मतभार कायम गरेको हो । 

निर्वाचन आयोगका सह–सचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बुधबार बसेको आयोगको बैठकले मतभार परिवर्तन गरेको हो । 

फेरिएको नयाँ मतभार अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ कायम भएको छ। यसअघि प्रदेशसभा सदस्यको मतभार ४८ थियो । 

त्यस्तै, स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको मतभार १९ कायम भएको छ। यसअघि सो मतभार १८ कायम थियो । 

राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भएकाले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार फेरिएको आयोगले जनाएको छ । 

‘राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मतभारको व्यवस्था रहेको छ। मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गर्नुपर्ने हुन्छ,’

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ हाल राष्ट्रिय जनगणना २०७८ सम्पन्न भै जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भैसकेकोले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी आयोगबाट मिति २०८० मंसिर ०६ गते निर्णय भएको छ ।’ 

nirbachan-aayog1700651145.jpeg

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update