Public Pana
सरकारले निषेधज्ञा लगायो, ट्राफिक प्रहरीले बाहिर निस्कन सजग गरायो !

मेडिकल व्यवसायी दुर्गा प्रसाई र युवा संघको कार्यक्रमले ट्राफिक व्यवस्था अस्तव्यस्त हुने देखिएपछि ट्राफिक प्रहरीले बिहिवार काठमाण्डौमा सर्तकता अपनाउन सर्वसाधरणलाई अपिल गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक काम परे मात्रै भोली विहिवार काठमाण्डौ उपत्यकामा सवारी लिएर निस्कन अपिल गरेको हो ।

दुई पक्षको प्रर्दशनले काठमाण्डौ उपत्यकाको सवारी आवागमन प्रभावित हुने आंकलनसहित प्रहरीले अत्यावश्यक काम भए मात्र सवारी लिएर वा सडकमा निस्कन सर्वसाधरणलाई आग्रह गरेको हो ।

विभिन्न भागसहित पछिल्लो समय अभियन्ता बनेका दुर्गा प्रसाईले बिहिवार काठमाण्डौको बल्खुमा र एमालेको युवा संघले काठमाण्डौंको तीनकुनेमा शक्ति प्रर्दशन गर्ने तयारी गरेका छन् ।

उक्त शक्ति प्रर्दशनमा दुई पक्षबीच मुडभेड हुन सक्ने भन्दै सरकारले नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनालाई समेत तयारी अवस्थामा राखेको छ । 
हेर्नुहोस ट्राफिक प्रहरीको सूचना 

traffic1700649011.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update