Public Pana
सर्वत्र आलोचना भएपछि युवासंघले भन्यो कार्यक्रम विथोल्न घुसपैठ भएको आशंका छ 

काठमाडाै-  महिलाहरुलाई बास बसेको स्थानवाट जवरजस्ती हटाउने कार्यको सर्वत्र आलोचना भएपछि नेकपा एमाले निकट युवा संघले वचाउमा विज्ञप्ति जारी गरेको छ।  
राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको  दावी गरेको छ । युवा संघको नाम लिदै  दुर्गा प्रसाईंको अभियानामा सहभागी हुन आएका महिलालाई राति भक्तपुरको एक गेष्ट हाउसवाट विस्थापन गरिएको थियो ।  सुतेकै ठाउँबाट  बाहिर किालेको  भिडिओ सार्वजनिक भएपछि समग्र एमाले कै आलोचना भएपछि  संगठनले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।
अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै  विज्ञप्ति जारी गरेका छन् । 
‘मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ ’ विज्ञप्तिमा भनिएको छ ‘घुसपैठबारे हामीले आन्तरिकरूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनैपनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’

राष्ट्रिय युवा संघ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको उनले उल्लेख गरेका छन् ।

‘नेपाली जनताको लामो बलिदानी त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा सुशासन, समृद्ध र समानताको पक्षका आवाजहरुलाई संगठनले बुलन्द गर्दै आएको छ ’ विज्ञप्तिमा भनिएको छ ‘यही सन्दर्भमा संगठनलाई बदनाम गर्न संगठनको नाम जोडेर सामाजिक संजालमा भ्रामक र मिथ्या भिडियो फैलाइएको छ। ’ 
No description available.

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update