Public Pana
महिलाहरुलाई लखट्ने आफ्ना कार्यकर्ता नरहेको एमाले अध्यक्ष ओलीको दाबी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा महिलाहरुलाई लखेटेको भिडियोबारे टिप्पणी गर्दै आफ्ना कार्यकर्ताले त्यसो गर्न नसक्ने बताएका छन् । आज बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले उक्त भिडियो बनाइएको जिकिर गरे । 

उनले भने, ‘युवा संघले यसो ग¥यो भनेर एउटा भिडियो आएको देखियो। त्यो आफैं बोक्सी, आफैं झाँक्री जस्तो देखिन्छ। युवा संघको यस्तो क्रियाकलपा होइन।  युवा संघका साथीहरुले हामी यसमा संलग्न छैनौं भनेका छन् ।’

उनले एमालेलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने प्रयास गरिएको हुनसक्ने बताए। एमालेलाई आरोपित गर्ने उक्त षड्यन्त्र स्वीकार नहुने पनि ओलीले बताए। त्यसैले त्यसको खण्डन गर्न निर्देशन दिए। 

अध्यक्ष ओलीले उक्त कुरा बताए पनि एमाले सम्बद्ध युवा संघका सचिवालय सदस्य विनोद राईको संलग्नता रहेको देखिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update