Public Pana
मध्यरातमा महिलालाई लखेट्ने व्यक्ति युवा संघका विनोद राई रहेको पुष्टि

दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई मध्यरातमा लखेट्ने व्यक्ति युवाका नेता रहेको खुलेको छ। लोकन्थलीको एक पार्टी प्यालेसमा बसेका महिलाहरुलाई लखेट्ने व्यक्ति एमालेको भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य विनोद राई रहेको खुलेको हो। 

राई सहितको समूहले मंगलबार राति सुतिरहेका महिलाहरुलाई अमानवीय व्यवहार गर्दै लखेटेको थियो। 

महिलाहरुलाई लखेट्ने खोटाङ घर भएका विनोद राईले नै यसअघि दुर्गा प्रसाईंलाई कालोमोसो दलेको समेत पाइएको छ। काठमाडौंका एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा राईले प्रसाईंमाथि कालोमोसो दलेका थिए।

सुतिरहेका महिलालाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै राईको समूहले लेखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले लखेटेको देखिएको छ। जहाँ एक जना कार्यकर्ताले भनेको सुनिन्छ, ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघार्‍यो भनेर।’

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update