Public Pana
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएको राष्ट्रपतिको प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 


सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update