Public Pana
तनावपूर्ण खेलमा अर्जेन्टिनाले ब्राजिललाई हरायो

काठमाडौं– फिफा विश्वकप २०२६ का लागि दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिना र ब्राजिलबीचको तनावपूर्ण खेलमा अर्जेन्टिनाले जित निकालेको छ ।

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको निकै तावपूर्ण खेलमा अर्जेन्टिनाले १–० को जित निकाल्यो । खेल सुरु हुने बित्तिकै दुई देशका समर्थकबीच कुटाकुट भएपछि केही समय रोकिएर पुनः खेल सुरु भएको थियो । त्यसपछि दुई देशका खेलाडीबीच मैदानमा पनि निकै तनावपूर्ण अवस्था भएको थियो ।

लो केल्सोको पासमा ६३ औं मिनेटमा ओटामेन्डीले गरेको एक मात्र गोलले अर्जेन्टिना विजयी भयो । त्यसपछि ८१ औं मिनेटमा ब्राजिलका जोलिन्टन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि ब्राजिल अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो । जितसँगै ६ खेलबाट १५ अंकसहित अर्जेन्टिनाले शीर्ष स्थानमा छ । समान खेल खेलेको ब्राजिल ७ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update