Public Pana
इजरायलले आक्रमण रोक्ने, हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति भएको छ । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको बीबीसीले जनाएको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयले भनेको छ, ‘यजरायल सरकार सबै बन्धकहरुलाई घर फर्काउनका लागि प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्नका लागि पहिलो चरणको रुपरेखालाई आज सरकारले मन्जुरी दिएको छ । यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)लाई चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’

हमासले पनि मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको छ । यस सहमतिका लागि मध्यस्थता गरेको भन्दै हमासले कतार र इजिप्टप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update