Public Pana
पूर्वअर्थमन्त्री भेषबहादुरको पुस्तक ‘राष्ट्र परराष्ट्र’ आज सार्वजनिक

परराष्ट्रविद् भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र परराष्ट्र’ आज सार्वजनिक भएको छ ।

४० वर्षभन्दा लामो समय कूटनीतिक क्षेत्रमा विताएका थापाले २०१७ सालदेखि नेपालको कूटनीतिक क्षेत्रमा गरेको काम र परराष्ट्रमामिलाको विषयलाई पुस्तकमा उतारेका छन् ।


पत्रकार हरिबहादुर थापाको पनि लेखन रहेको पुस्तकमा राजा वीरेन्द्रले अमेरिकामा गरेको राजकीय भ्रमण, नेपाल–अमेरिका सम्बन्ध, चीनसँगको व्यापारका लागि कोदारी नाका खोल्दादेखि भारतसँगको सम्बन्धलगायत घटनाक्रम पुस्तकमा समावेश गरिएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका थापाले नयाँ पुस्ताका लागि आफूले पुस्तक ल्याएको बताए ।

कार्यक्रममा सांसद स्वर्णिम वाग्लेले नेपालको अन्तर्राष्ट्रिय मामिला बुझ्न थापाको पुस्तक पढ्नुपर्ने बताए ।

सांसद सुमना श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्ध सिकाउने पुस्तक सबैको लागि अध्ययन आवश्यक भएको बताइन् ।

त्यस्तै पत्रकार सुधीर शर्माले नेपालले विगतमा अन्तर्राष्ट्रिय सम्बन्धमा गरेको तथ्य बुझ्न पुस्तक सहयोगी हुने बताए । पुस्तकको सम्पादन पत्रकार हरिबहादुर थापाले गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update