पहिलो कमाई ५० रुपैयाँ लिएर ताजमहल गएको हुँ : शाहरुख खान

बलिउडका बादशाह भनिने शाहरुख खानको पहिलो कमाई मात्र ५० रुपैयाँ थियो ।
वास्तवमा पीटीआईसँगको पुरानो अन्तर्वार्तामा उनले आफ्नो करियरको सुरुवाती चरणको बारेमा एउटा रोचक कुरा सुनाएका छन् ।
जसमा खानले आफ्नो सुरुको तलब ५० रुपैयाँ मात्रै रहेको खुलासा गरेका छन् ।
उनले गायक पंकज उदासको सांगीतिक कार्यक्रममा प्रबन्धकका रुपमा काम गरेको र त्यसबापत ५० रुपैयाँ पारिश्रमिक पाएको बताएका छन्।
उनले भनेका छन्, 'आफ्नो पहिलो कमाइसँगै आफू आगराको ताजमहल हेर्न गएको हुँ ।'
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० २०:१२
प्रतिक्रिया दिनुहोस्