Public Pana
प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीको भेट वालुवाटारमा

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

उनीहरूबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो। उनीहरूबीच शान्ति सम्झौताका बाँकी कामहरू छिटो टुंगोमा पु¥याउनेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ । विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले उक्त सम्झौतामा हस्ताक्षर गर्ने दलहरूमध्ये ३ दलका शीर्ष नेताहरूबीच आज सोही दिन पारेर छलफल भएको बताएको छ । 

शान्ति सम्झौताका बाँकी कामलाई छिटो टुंग्याउने प्रतिवद्धतासहित प्रचण्ड, देउवा र ओली भेटवार्तामा जुटेको सचिवालयले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update