Public Pana
विशेष अदालतमा कुँवरको नेतृत्वमा नयाँ टिम

काठमाडाै-  न्याय परिषद्‌को बैठकले विशेष अदालतमा नयाँ टिम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्‌को बैठकले विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउदै नयाँ  टिम सिफारिस गरेको हो।

विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरिएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले उनलाई विशेष अदालतको अध्यक्ष नियुक्त गर्ने निर्णयसहित सरकारसमक्ष सिफारिस गरेको हो। उनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्त गर्नेछ। कुँवर उच्च अदालतका न्यायाधीश हुन्। 

त्यस्तै विशेष अदालतको सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापालाई नियुक्तिका लागि सिफारिस गरिएको छ। खुसीप्रसाद थारु भने सदस्यमा यथावत् छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update