Public Pana
उच्च अदालतका १४ न्यायाधीशको सरुवा 


न्याय परिषदले उच्च अदालतका कार्यरत रहेका मुख्य न्यायाधीश र न्यायाधीश गरी १४ जनाको सरुवा गरेको छ। मंगलवार बसेको न्याय परिषदको वैठकले मुख्य न्यायाधीश नृपध्वज निरौलासहितको सरुवा  गरेको हो ।

परिषदले निरौलालाई उच्च अदालत दिपायलवाट उच्च अदालत पाटनमा सरुवा गरेको हो ।

त्यस्तै सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखराको वाग्लुङ इजलासमा ,रत्नबहादुर वागचन्दलाई उच्च अदालत विराटनगरको धनकुटा इजलास,कृष्ण गिरिलाई उच्च अदालत दिपायल सरुवा गरिएको छ।

त्यस्तै विशेष अदालतमा नयाँ टिम सिफारिस भएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई मुख्य न्यायाधीश बनाएसगै विशेषमा नयाँ टोली पठाउने सिफारिस परिषदले गरेको हो ।

परिषदले आजै सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाधीश पनि सिफारिस गरेको छ।

हेर्नुहोस नमावली

IMG_29931700568107.jpeg

IMG_29941700568107.jpeg

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update