Public Pana
डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता 

डिफेन्डर अनन्त तामाङ र फरवार्ड दिनेश हेन्जन नेपाली राष्ट्रिय टोलीमा फिर्ता भएका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरणको युएईविरुद्ध पहिलो खेल चोटका कारण गुमाएका अनन्त र दिनेश आज साँझ हुने यमनविरुद्धको खेलका लागि भने टोलीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अनन्त र दिनेशले पहिलो खेलमा घाइते भएका मिडफिल्डर लाकेन लिम्बु र अर्का मिडफिल्डर निशान हमालको स्थान लिएका छन् । लाकेनले यस खेल गुमाउने नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टा अनेसेले बताएका थिए ।

यस्तै फरवार्ड अन्जन विष्ट पनि खेल्ने नखेल्ने स्पष्ट नभएको बताएपनि अन्तिम समयमा मेडिकल टोलीले अन्जनलाई खेल्नका लागि स्वीकृत गरेको हो ।

नेपाल र यमन विरुद्धको खेल साँझ ७ बजे दशरथ रंगशालामा सुरु हुने छ । समूहको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४–० को हात बेहोरेको थियो।

नेपाली फुटबल टोली

गोलकिपर – किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

रक्षक –सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर – उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे

फरवार्ड –अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार, दिनेश हेन्जन

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update