Public Pana
दलिय भागवन्डामा न्यायाधीश सिफारिस, एमाले र काग्रेस परे माओवादीको बाँकी 


न्याय परिषदले अन्तत लामो समयपछि सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नााम सिफारिस गरेको छ।

सोमबारदेखि निरन्तर बसेको परिषदको वैठकले विवादकै विचका नाम टुङ्गाएको हो ।

प्रधानन्यायाधीश विश्वभर श्रेष्ठको नेतृत्वमा बसेको परिषदको वैठकले राजनीतिक भागवन्डा मिलाउदै न्यायाधीश सिफारिस गरेको हो । 


सिफारिस पर्नेमा नेपाली काग्रेसको कोटा र एमाले कोटावाट दुई जना कानुन व्यवसायी अटाएका छन् । बरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल नेपाली काग्रेस निकट हुन भने वालकृष्ण ढकाल एमाले निकट हुन् ।

पोखरेल नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका तर्फवाट नेपाल बारको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ढकाल एमाले निकट प्रगतीशिल कानुन व्यवसायीको सदस्य हुन् । दुवै जना गत वर्ष बरिष्ठ अधिवक्ता भएका थिए । पोखरेल अब्बल कानुन व्यवसायीको रुपमा चर्चित छन् ।

संवैधानिक कानुन र फौजदारी कानुन दुवैमा दख्खल राख्ने पोखरेले व्यवसाय राम्रै चलेका कानुन व्यवसायी हुन् । परिषदले भागवन्डा गर्दा माओवादीको कोटा भने रिक्त हुन पुगेको छ।

माओवादीका तर्फवाट महान्यायाधीवक्ता दिनमणी पोखरेल, डिएन पराजुलीसहित अन्यको नाम चर्चामा थियो । तर छलफलका क्रममा सहमती हुन नसकेपछि अर्को वैठकमा टुङ्गाउने गरि ६ जनाको सिफारिस गरिएको हो ।   

उच्च अदालतको न्यायाधीश नियुक्तीका लागि सिफारिस गर्दा रोलक्रम भत्काएको छ । रोलक्रममा माथि रहेका र एकमात्र मुख्य न्यायाधीश नृपध्वज निरौला छुटेका छन् । उनीपछि रोलक्रममा अगाडी रहेका सत्यमोहन जोशी पनि छुटेका छन् । रोलक्रममा तलै रहेका महेश शर्मा पौडेल अटाएका छन् ।

उनी उच्च अदालत पाटनमा कामु मुख्य न्यायाधीश थिए । त्यस्तै समावेशी कोटामा सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान अटाएका छन्  ।

त्यस्तै कानुन मन्त्रालयवाट उच्च अदालतको न्यायाधीश भएका टेकप्रसाद ढुङ्गाना पनि अटाएका छन् । उनी पनि रोलक्रमा तलै रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update