Public Pana
 कारागारभित्र बस्न्यातमाथि निगरानी
फाइल तस्बिर

गुन्डानाइके समीरमान सिंह बस्न्यातमाथि कारागारभित्र निगरानी बढाइएको छ । 


गोली हानी निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा दोषी ठहर उनी जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

०७४ असोज २३ गते गौचनको हत्या गरिएको थियो । सोही वर्ष मंसिरमा उनी पक्राउ परेका थिए । गएको असारमा मात्र काठमाडौं जिल्ला अदालतबाट उनीसहित काले भनिने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको थियो ।

बस्न्यात गौचन हत्याका मुख्य योजनाकार हुन् । राना सुटर हुन् । जन्मकैदको फैसलापछि बस्न्यात समूहले जेलभित्रबाट अवैध धन्दा चलाउन सक्ने भन्दै कारागार प्रशासनले निगरानी बढाएको स्रोतको भनाइ छ।


कारागार स्रोतले भन्यो, “गोलघरमै त राखेका छैनौँ, तर अरू कैदीहरूको तुलनामा हामीले उनीहरूमाथिको निगरानी बढाएका छौँ । उसको गतिविधि हेरिरहेका छौँ । उनलाई भेट्न आउनेहरू समेत निगरानीमै हुन्छन् ।”

बस्न्यातलाई भेट्न जाने मानिसको विवरण राख्नेदेखि उनले बाहिर फोन गर्दा समेत प्रशासनकै निगरानीमा मात्र गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update