Public Pana
अर्थतन्त्र थप चलायनमान बनाउने बिषयमा  प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधीबिच छलफल

अर्थतन्त्र थप चलायनमान बनाउने बिषयमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधीहरुसँग छलफल शुरु गर्नुभएको छ ।  


सिहदरबारमा भइरहेको बैठकमा समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन र समग्र आर्थिक सूचकलाई सुधार गर्न सरकारले चाल्नुपर्ने कदम र त्यसमा निजी क्षेत्रको भूमिकावारे प्रधानमन्त्रीले सुझाव लिनुहुने उहाँको सचिवालयले जनाएको छ ।

 प्रधानमन्त्री दाहालले सोमवार अर्थतन्त्रमा देखिएको चुनौती र वर्तमान अवस्थाका विषयमा सरकारकै अन्तरनिकायका प्रमुखहरुसँग छलफल गर्नुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update