Public Pana
टेलिकमका विवादास्पद टेन्डरहरु रोकिए 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड - नेपाल टेलिकमको नयाँ नेतृत्वले भ्रष्ट्राचार आरोपी तत्कालिन प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेलको कार्यकालमा खुलाएका विवादास्पद टेन्डरहरु रोकिदिएको छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहितलाई यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा भ्रष्ट्राचारजन्य कार्य गरेको आरोपमा मुद्दा दायर गरेको छ।

टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक पौडेल तथा बहालवाला सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेट–वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। वि

शेष अदालतमा उनीहरु विरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचारको मुद्दा छ।

अख्तियारले मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन् र नयाँ नेतृत्वले नेपाल टेलिकम चलाउँदै आएको छ।

तत्कालिन एमडी पौडेलको कार्यकालमा खोलिएका र नसकिएका अधिकांश टेन्डरहरु रोकिएको टेलिकम स्रोतले जानकारी दिएको छ।

स्रोतकाअनुसार वर्तमान नेतृत्वमा संगीता पहाडी (अर्याल) आएसँगै विवादास्पद भएका टेन्डरका कामहरु रोकिएका हुन्। यसअघि पौडेल एमडी हुँदा पहाडी नायव प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिईन्।

सरकारले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई नियुक्त गरेको हो।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update