Public Pana
नागरिकता विधेयकमाथिको छलफल अर्को बैठकमा पनि जारी

 

राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ ।

आजको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको अर्काे बैठकमा पनि छलफल जारी रहने जानकारी दिनुभयो । अर्को बैठक भदौ १७ गते शुक्रबार अपराह्न २ः ५९ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ । 

उक्त विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाउनुभयो । अघिल्लो सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अङ्गीकृत नागरिकताको विषय किन ल्याइएन भनी उहाँले प्रश्न गर्नुभयो । उहाँले त्यसको जवाफ दिन पनि माग गर्नुभएको छ । सांसद देवले अहिलेको विधेयक संविधानसम्मत रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update