Public Pana
तिहारपछि राम्रो देखिएको शेयर आज राताम्मे

यो साता पहिलो कारोबारमा हिजो सोमबार उच्च देखिएको शेयर बजार आज मंगलबार ठूलो अंकले घटेको छ । 
चाडपर्व अघिको समयमा सुखद हुन नसकेको बजार अहिले पुनः उही अवस्थामा नकरात्मक बनिरहेको छ । 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ । शेयर कारोबार लामो समयदेखि निराशाजनक अवस्थामा देखिएको छ । उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी देखिँदैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन् ।

आज मंगलबार २३.८२ अंकले घटेर बजार १८२९.६५ बिन्दुमा झरेको छ । ३१ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको मात्र कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । 

हिजो सोमबार १.३९ अंकले बढेर बजार १८५३.४८ बिन्दुमा पुगेको थियो । त्यसअघि दसैँ र तिहारबीचमा १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो भने बाँकी ६ दिनमा बजार ९२ अंकले घटेको थियो ।  

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ को यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि शेयर बजार निरन्तर घट्दो क्रममा छ । 

अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् ।

केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update