Public Pana
कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते

पूर्वी नवलपरासीको डन्डामा कार र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका १६, डन्डामा मंगलबार लु.२ख ५८०५ नम्बरको ट्रकले लु.१च १०२४ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा सिद्धार्थनगर नगरपालिका ८, रुपन्देहीका ५९ वर्षीय हरिषचन्द्रमान श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते श्रेष्ठको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डन्डामा मृत्यु भएको हो ।

चन्द्रनगर गाउँपालिका सर्लाहीका २८ वर्षीय सरोज कुमार साह र २१ वर्षीय सरस्वती साह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update