Public Pana
निष्पक्ष हुनुपर्ने न्यायमूर्तिको सिफारिसमा भागबण्डाको राजनीति

सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीश नियुक्ती सिफारिसवारे छलफल गर्न न्याय परिषद्को बैठक बसिरहेको छ ।

सोमबारदेखि जारी बैठकमा रिक्त न्यायाधीश नियुक्तका लागि भागबण्डामै बैठक केन्द्रि रहेको स्रोतको भनाई छ । 


बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, कानुनमन्त्री धनराज गुरुङ र न्याय परिषद्का सदस्यहरू रामप्रसाद श्रेष्ठ तथा रामप्रसाद भण्डारीको उपस्थित छ ।

योग्यता र क्षमतालाई मापदण्ड बनाउनुपर्नेमा न्यायिक क्षेत्रकै सर्वोच्च निकायमा समेत भागबण्डामा न्यायाधीश नियुक्त गर्ने गरिएको भन्दै न्याय परिषद्कै आलोचना हुने गरेको छ ।  

वैठकमा कानुन मन्त्रीले आफ्नो पार्टी निकटलाई अघि बढाउने गरि केही नामावली छलफलमा ल्याएको स्रोतको दावी छ । खास गरि प्रधानन्यायाधीश, न्याय परिषदको दुई सदस्य र कानुनमन्त्रीहरुबीच भागबण्डा मिलेमा न्यायाधीश नियुक्तको सिफारिस टुंगिने परिषद् स्रोतको दावी छ ।

स्रोतले भन्यो बैठकमा ३ ओटा पक्ष छन् यदी तीनै पक्षबीच भागबण्डा मिल्यो भने न्यायाधीश सिफारिस हुन्छ होइन भने छलफल जारी रहन्छ । सवै सहमति भागबण्डा नै हो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update