Public Pana
अबको एक महिनामा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियस पुग्ने : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले सन् २०२३ को अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्नसक्ने अनुमान गरेको छ ।

पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गर्दै संयुक्त राष्ट्रसंघले यस्तो अनुमान सार्वजनिक गरेको हो ।  


दुबईमा कोप–२८ जलवायु वार्ताको ठिकअघि संयुक्त राष्ट्रसंघले पृथ्वीको तापक्रम वृद्धिले चुनौतिपूर्ण अवस्था सिर्जना हुनसक्ने अनुमान सार्वजनिक गरेको हो । 


कार्बन उत्सर्जन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्रसङ्घले पृथ्वीमा सन् २०२३ सम्ममा २ दशमलव ५ डिग्री सेल्सियसदेखि २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएको छ। 

प्रतिवेदनमा अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरिएको छ। 

अहिले पृथ्वीको वायुमण्डलको तापमानवृद्धि एक दशमलव ४ डिग्री सेल्सियस छ। संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमै सीमित गर्नुपर्ने बताउँदै आएको छ। 

विश्वका विकसित देशहरुको कारण कार्वन उत्सर्जन बढिरहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन्। 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update