Public Pana
नेपाल र यमनको खेल आज साँझ ७ बजे 

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा आज  यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा आज बेलुका ७ बजे खेल हुनेछ । 

अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण हुनेछ । नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४–० को हार ब्यहोरेको थियो ।

 यमन पनि बहराइनसँग २–० ले पराजित भएको थियो ।

त्यसकारण दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

 फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २–२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।

पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update