Public Pana
शेयर बजारमा सुधार, नेप्से १.३९ अंकले बढ्यो

तिहार बिदापछिको पहिलो कारोबारका दिन शेयर बजार झिनो अंकले बढेको छ ।

साताको दोस्रो दिन सोमबार शेयर बजार १.३९ अंकले बढेर १८५३.४८ बिन्दुमा कायम भएको हो । यसअघि गत कात्तिक २३ गते ११.८५ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज १० दिनपछि खुल्दा झिनो अंकले घटेको हो ।

गत कात्तिक २ गते अन्तिम पटक परिसूचक १९०३.८४ बिन्दुका पुगेको थियो । त्यसयता एक महिनापछि सम्म पनि नेप्से परिसूचक १९०० बिन्दुभन्दा तल नै रहेको छ ।

यसदिन बजारमा ३३ लाख १९ हजार ५५८ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिमटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिमटेडको सेयर नकारात्मक सकिर्टका साथ सर्वधिक घटामा रहेका छन् । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

त्यसैगरी, कारोबारका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड ७ करोड ३६ लाख २५ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update