Public Pana
चितवनमा पोथी बाघ मृत फेला

चितवनको भरतपुर महानगरपालिका वडा नं. २७ मेघौलीको एक सामुदायिक वनमा पोथी बाघ मृत फेला परेको छ ।

निकुञ्जका अनुसार हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको हो ।


शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको बाघ जुधेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ ।

चालु आर्थिक वर्षमा मरेको यो पहिलो बाघ हो ।


चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा १२८ बाघ रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ । नेपालभर ३५५ बाघ छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update