Public Pana
न्यायधीशले हेर्न नभ्याएपछि टिकटक सम्बन्धी रिटको सुनुवाई अनिश्चित

सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट आज हेर्न नभ्याउने भएको छ।

न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सूचिमा परेको सर्वोच्च अदालतले जनाएको छ । 

न्यायाधीशहरु अन्य मुद्धामा व्यस्त भएका कारण समय अभावले इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको हो।
मुद्धाको प्राथमिकता अनुसार माथिल्लो क्रमदेखी इजलासमा सुनुवाई हुने गर्दछ भने समय अभावले सुनुवाई हुन नसक्ने मुद्धालाई हेर्न नभ्याइने सूचिमा राख्ने गरिन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update