Public Pana
रुकुम पश्चिममा आज  जिप दुर्घटना -२२ जना घाइते

रुकुमपश्चिममा सोमबार बिहान जिप दुर्घटनामा परेको छ। लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। 

घाइते २२ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 


रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक जिप दुर्घटना परेको हो। 


जिप खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार सदरमुकाम जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटनामा परी २२ जना घाइते भएको जानकारी दिए। 

उनका अनुसार ७ जनाको अवस्था गम्भीर छ। 

घाइतेहरुको उद्वार गरि  चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। 

जिप तिव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update