Public Pana
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आउँदो शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिकसहितका विषयमा छलफल हुनेछ । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update