Public Pana
विपिन जोशी गाजामा सुरक्षित :  परराष्ट्र मन्त्रालय

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


विपिन गाजाको हस्पिटलमा सकुशल रहेको जानकारी इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जानकारी गराएको र नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा सूचना आएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । 


‘विपिन जोशी सकुशल रहेको गुड न्युज प्राप्त भएको छ, हामी विपिनसँग प्रत्यक्ष कुराकानी गरेर थप भेरिफाइ गर्ने प्रयासमा छौं ।’ जोशी अस्पतालमा रहेको भनिए पनि उनको अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइनसकेको प्रवक्ता लम्सालले पब्लिक पानालाई बताइन् ।

उनले ‘विपिन जोशी सकुशल छन् । त्यसको जानकारी विपिनको परिवारलाई पनि गराइसकिएको छ,’ स्वकीय सचिव जोशीले भने, ‘उनलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।’ उद्धारका लागि कतार सरकारसँग पनि समन्वय भइरहेको उल्लेख गरिन् ।


सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत  विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।

गत असोज २० गते  किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए । उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको थियो ।

नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update