Public Pana
टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आज प्रारम्भिक सुनुवाइ

नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेका रिट निवेदनमा आज (सोमबार) प्रारम्भिक सुनुवाइ हुँदै छ। 

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दर्ता १० वटा रिट निवेदनको सुनुवाइ आज सुरु गरिने भएको हो। 


सरकारको निर्णयबमोजिम नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएका हुन्। 


सबैजसो रिटमा टिकटक प्रतिबन्धलाई गलत साबित गर्न लगभग समान प्रकृतिका आधार र तर्क प्रस्तुत गरिएका छन्।

रिट निवेदकहरूले टिकटकमाथिको प्रतिबन्धलाई मुख्यतः संविधानमा प्रत्याभूत गरिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो अतिक्रमण भनेका छन्।

संविधानको धारा १७ मा २ (क) मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने लेखिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update