Public Pana
अस्ट्रेलियालाई छैटौं पटक विश्वकपको उपाधि, भारत ६ विकेटले पराजित

अस्ट्रेलियाले छैटौं पटक विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो । अष्ट्रेलियालाई २४१ रनको लक्ष्य थियो, जुन उसले ४२ बल बाँकी रहँदै पूरा गर्‍यो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले १ सय ३७ रनको निर्णायक इनिङ खेले । मार्नस लाबुसचेनले पनि ५८ रन बनाएर अविजित रहे ।


अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इण्डिया ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

कंगारु टोली सामु इण्डियाको  ब्याटिङ खासै चल्न नसकेपछि पुरा ओभरमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दियो । इण्डियालाई उसैका घरेलु मैदानमा स्तव्ध पार्दै अष्ट्रेलियाले विश्वकपको उपाधि उचालेको हो । 

अष्ट्रेलियन खेलाडी हेड र लाबुसेनको उत्कष्ट ब्याटिङ साझेदारी नै जीतको मुख्य आधार बन्यो । 

कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाएका थिए । जहाँ सूर्यकुमार यादवले २८ बलमा १८ रन मात्र बनाउन सके । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए । प्याट कमिन्स र जोस हेजलवुडले २–२ गोल गरे ।

भारतीय टोली लगातार १० खेल जितेर फाइनलमा प्रवेश गरेको हो भने अष्ट्रेलियाले लगातार ८ खेल जितेको थियो । भारतले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो ।

भारतको नजर तेस्रो पटक विश्व च्याम्पियन बन्नेतर्फ छ । टीम इन्डियाले सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । आजको जितसँगै कंगारु टोलीले एकदिवसीय विश्वकपमा६ पटक उपाधि जित्न सफलभएको छ  ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update