Public Pana
विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियाको कब्जामा, भारत ६ विकेटले पराजित

विश्वकप क्रिकेटको फाइनलमा इण्डियालाई हराउँदै अस्ट्रेलिया छैठौ पटक विश्व च्याम्पियन बन्न सफलभएको छ । 

अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा लक्ष्य २४१ रन पुरा गर्यो 

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इण्डिया ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

कंगारु टोली सामु इण्डियाको  ब्याटिङ खासै चल्न नसकेपछि पुरा ओभरमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दियो । इण्डियालाई उसैका घरेलु मैदानमा स्तव्ध पार्दै अष्ट्रेलियाले विश्वकपको उपाधि उचालेको हो । 

अष्ट्रेलियन खेलाडी हेड र लाबुसेनको उत्कष्ट ब्याटिङ साझेदारी नै जीतको मुख्य आधार बन्यो । 

कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाएका थिए । जहाँ सूर्यकुमार यादवले २८ बलमा १८ रन मात्र बनाउन सके । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए । प्याट कमिन्स र जोस हेजलवुडले २–२ रन गरे ।

भारतीय टोली लगातार १० खेल जितेर फाइनलमा प्रवेश गरेको हो भने अष्ट्रेलियाले लगातार ८ खेल जितेको थियो । भारतले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो ।

भारतको नजर तेस्रो पटक विश्व च्याम्पियन बन्नेतर्फ छ । टीम इन्डियाले सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । आजको जितसँगै कंगारु टोलीले एकदिवसीय विश्वकपमा६ पटक उपाधि जित्न सफलभएको छ  ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update