Public Pana
निकारागुवाकी शेन्निसलाई मिस यूनिभर्स–२०२३ को उपाधी

७२ औं संस्करणको मिस यूनिभर्स २०२३ को उपाधि निकारागुवाकी शेन्निस पलासियोसले जितेकी छिन् । विश्वभरीका सुन्दरीहरुलाई पछि पार्दै उनले यो उपाधि आफ्नो पक्षमा पारिन् । मिस यूनिभर्सको उपाधि जितेपछि आफू अत्यन्त खुशी भएको उनको प्रतिक्रिया छ ।

मिस यूनिभर्स २०२२ आर बोनीले शेन्निसलाई मिस यूनिभर्स २०२३ को मुकुट पहिराइदिइन् । मुकुट पहिरिएपछि शेन्निस निकै भावुक भइन् । उनको आँखामा खुशीको आँशु स्पष्ट देख्न सकिन्थ्यो ।

सबैभन्दा विशेष कुरा के रह्यो भने मिस यूनिभर्सको उपाधि जित्ने शेन्निस पलासियोस निकारागुवाकी पहिलो महिला हुन् । त्यसैले पनि ‘ब्यूटी क्वीन’ को उपाधि जित्नु उनका लागि अझ बढी महत्वपूर्ण क्षण बन्न पुग्यो ।

मिस यूनिभर्स २०२३ को उत्कृष्ट तीनमा यसपटक थाइल्याण्ड तथा अस्ट्रेलियाका सुन्दरीहरुले आफ्नो स्थान बनाउन सफल भए ।

यद्यपि, दुबैलाई पछाडि पार्दै शेन्निस पलासियोसले मिस यूनिभर्स २०२३ को उपाधि आफ्नो पक्षमा पारिन् । सौन्दर्य प्रतियोगितामा थाईल्याण्डकी एन्टोनिया पोर्सिल्डले फस्ट रनर्सअप तथा अस्ट्रेलियाकी मोरया विल्सनले सेकेण्ड रनर्सअपको उपाधि जितिन् ।

अल साल्भाडोरको राजधानी सेन सेल्वाडोरमा आयोजित मिस यूनिभर्सको ग्राण्ड फिानालेमा ८४ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए ।

यो प्रतियोगितामा नेपालको तर्फबाट प्लस साइज मोडल जेन दीपिका गेरेटले भाग लिएकी थिइन् । यो प्रतियोगिताको प्रारम्भिक चरणमा दीपिकाले दर्शक तथा निर्णायकको मन जित्न सफल भइन् ।

उनी मिस यूनिभर्स नेपाल २०२३ की विजेताको रुपमा मिस यूनिभर्समा सहभागि भएकी हुन् । कार्यक्रममा उपस्थित दर्शकहरुले उनलाई तालीको गडगडाहटले स्वागत गरेका थिए । दीपिकाको आत्मविश्वास तथा प्रस्तुति हेर्न लायक थियो ।

अहिले सामाजिक सञ्जालमा समेत दीपिका भँइरल भैरहेकी छिन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update